प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०२-३०

  • A
  • A-
  • A+
Share

       कञ्चनपुर:-  मिति २०८२।०२।२९  गते १९:०० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.०४ जमुनाघारी स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ वडहरा बस्ने वर्ष २७ को अम्मर चौधरीले चलाएको सु.प.प्र.०१-०१२ प १७२७ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा १ ग्राम २३० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित फेला पारी उक्त पदार्थ, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को भिमजंग कठरिया समेत दुई जनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र सशस्त्र प्रहरी बल वि.ओ.पी. आँपताल, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।       

      यसैगरी,  मिति २०८२।०२।२९ गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.०१ पशुपति टोलबाट ऐ. भिमदत्त न.पा.११ सम्झना टोल बस्ने बर्ष २३ को सुरज सार्की समेत दुई जनालाई शंका लागि चेकजाँच गर्दा ०.०५ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित अस्थायी प्रहरी पोष्ट झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                                      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।