प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०३-०७

  • A
  • A-
  • A+
Share

  कञ्चनपुर:-  मिति २०८२।०३।०६  गते १९:३५ बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.६ स्थित सम्राट होटलको कोठामा लागूऔषध (खैरो हिरोईन) बेचविखन तथा कारोवार गर्ने कार्य भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोही ठाउँ बस्ने वर्ष ५० को दिपक वि. सी. र जिल्ला दार्चुला, महाकाली न.पा.३ बस्ने वर्ष ४२ को नरसिंह महरालाई होटेलको कोठा भित्र बसिरहेको अवस्थामा कोठा तथा निजहरुलाई खानतलासी गर्दा कालो रङको झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा २७३ (दुई सय त्रिहत्तर) ग्राम २६० (दुई सय साठ्ठी) मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुवै जनालाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र  इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।              

      कैलाली:-  मिति २०८२।०३।०६ गते २१:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.३ शहिद गेटबाट ऐ. १३ बस्ने बर्ष २७ को जिबन चौधरीलाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट चटकपुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।             

     यसैगरी,  मिति २०८२।०३।०६ गते १७:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित चेकपोष्टमा शंकास्पद रुपमा पैदल हिडिरहेको अवस्थामा ऐ.१ पशु हाटबजार बस्ने १८ बर्षिय किशोर र १५ बर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।              

      यसैगरी,  मिति २०८२।०३।०६ गते २२:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० घुईयाँघाटबाट सोही ठाउँ बर्ष २२ को सरोज रानालाई शंका लागि चेकजाँच गर्दा १५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।             

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।