प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८२-०३-०९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०३।०८ गते २३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, वेदकोट न.पा.१ चम्फापुर बस्ने नन्दा कुमारी भट्टले आफ्नै तिन कोठे पक्की घरमा संचालन गरेको फेन्सि पसलमा बिद्युतको तार सट भई आगलागी हुँदा पसल भित्र रहेका नगद, सुटपिस, चप्पल, थान कपडा, लेडिज व्याग लगायतका सामानहरु गरी अन्दाजी मुल्य रु.२४,०५,०००।– (चौविस लाख पाँच हजार) बराबरको धनमाल जलेर नष्ट भएको, मानबिय तथा चौपाय क्षेती नभएको, स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको ।     

सम्बन्धित समाचार
फरार प्रतिबादी पक्राउ
२०८३-०३-०९

        कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चेक अनादर मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.६ बालुवाफाँटा बस्ने वर्ष ३८ को दिपेन्द्र चौधरीलाई इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट खटिएको प्रहरीले सोमबार निजकै घर ठेगानाबाट पक्राउ गरेको हो ।        डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले सवारी ज्यान मुद्दामा ५ महिना २९ दिन कैद सजाय तोकिएको जिल्ला डोटी, आदर्श गा.पा.७ जडिमाना बस्ने बर्ष ५६ को रण बहादुर बिष्टलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले सोमबार दिपायल सिलगढी न.पा.६ सिलगढी बाट पक्राउ गरेको हो ।

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०३-०९

      कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा.७ जोख्खरताल नजिक र भजनी न.पा.२ गौनहियाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,०७,६००।– बराबरको बिडी, मोबाईल ग्लास, प्लाष्टिक झिल्ली लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.५०,७००।– बराबरको मोबाईल कभर, सुट कपडा लगायतका सामानहरु सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।