प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०४-०८

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०४।०७ गते १६:४५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१० बनकट्टीबाट सोही ठाउँ बस्ने बर्ष २० को संजय रानालाई शंका लागि चेकजाँच गर्दा १ ग्राम ७८०  मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

      कञ्चनपुर:-  मिति २०८२।०४।०७ गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ डोकेबजार चेकप्वाईन्ट स्थित भारत बाट नेपाल तर्फ आउदै गरेको अवस्थामा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.११ भिमबस्ती बस्ने वर्ष २० को निशान्त ढकाल, जिल्ला कैलाली, धनगढी उ.प.म.न.पा.३ तिल्केताल बस्ने १८ बर्षिय किशोर र ऐ. १४ स्याउले बजार बस्ने १८ बर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ३९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।               

      यसैगरी,  मिति २०८२।०४।०७ गते २२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ ब्रह्मदेब स्थित सोही ठाउँ बस्ने बर्ष २० को संजय लावडलाई शंका लागि चेकजाँच गर्दा १०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।            


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।