प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान सहित मानिस पक्राउ

२०८२-०४-०९

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०४।०८ गते जिल्ला कैलाली, टीकापुर न.पा.९ रैनिबोजी स्थित सडक खण्डबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२,७७,०००।- (दुई लाख सतहत्तर हजार) बराबरको काँसको घण्टी, स्टिलका भाँडा, वेल्डिङ रड र से ५ प १६०८ नम्बरको मोटरसाइकल सहित ऐ.४ मौरनिया बस्ने बर्ष ३३ को अर्जुन चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान, मोटरसाइकल सहित निजलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाएको ।      

      यसैगरी:- मिति २०८२।०४।०८ गते जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरिया बसपार्क नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,९६,५००।–– (एक लाख छयानब्बे हजार पाँच सय) बराबरको बलाङकेट, कोलर तन्ना सहित जिल्ला बर्दिया, ठाकुरद्धार न.पा.९ बस्ने बर्ष ३६ को बिरेन्द्र रोकायालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी उक्त सामान सहित निजलाई नियन्त्रण लिएको ।     

     कञ्चनपुर:-  मिति २०८२।०४।०८ गते १६:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. ८ तिलाचौडबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२०,५००।बराबरको बिभिन्न किसिमका कपडा लगायतका सामानहरु प्रहरी चौकी जिमुवा, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।