प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०४-१७

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको मिति २०८१।०५।१८ गतेको फैसलाले बिना ईजाजत वन पैदावार मुद्दामा जनही रु.१,२५,४६३।– (एक लाख पच्चिस हजार चारसय त्रिसठ्ठी) जरिवाना तोकिएका जिल्ला कैलाली, घोडाघोडी न.पा.९ बस्ने बर्ष ४५ को मान सिंह बटला, बर्ष ४२ की निरा देबी मगर र बर्ष ४६ को देब बहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।१६ गते पहलमानपुर बजारबाट पक्राउ गरेको                                                                                                    

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०४।१६ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.    लागूऔषध मुद्दामा १ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ तिलकपुर बस्ने बर्ष ३५ को खडक बिष्ट । 

२.    सोही मुद्दामा १५ दिन कैद सजाय र रु.१०,०००।- जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेदकोट न.पा.६ बस्ने बर्ष ३४ को सागर सिँह साउँद ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।