प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०४-२३

  • A
  • A-
  • A+
Share

 कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०४।२२ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. सवारी ज्यान मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.७ बस्ने बर्ष ३६ को रतन लुहार ।  

२. लागूऔषध (खैरो हिरोईन)  मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएकी जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बस्ने बर्ष २५ की सिर्जना राना ।

३. लागूऔषध (खैरो हिरोईन)  मुद्दामा १ महिना १५ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.४ बस्ने बर्ष ४८ को सागर कुमार राना । 

 

       बझाङ:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको मिति २०६७।०१।१५ गतेको फैसलाले जारी मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला बझाङ, मष्टा गा.पा.२ बस्ने बर्ष ४८ को गंग बहादुर द्वाललाई जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०४।२२ गते ऐ.जयपृथ्बी न.पा.१० चैनपुर बजारबाट पक्राउ गरेको  ।          

सम्बन्धित समाचार
सवारी दुर्घटनामा दुई जनाको मृत्यू
२०८३-०१-०२

    कैलाली:- मिति २०८३।०१।०१ गते १८:१० बजेको समयमा जिल्ला कैलाली लम्कीचुवा न.पा.वडा नं.७ गुलरा स्थित पुर्ब पश्चिम राजमार्गमा सु.प.प्र.०१-००१ ज १४२१ नं को हाईसले  बिपरित दिशा तर्फ जादै गरेको सु.प.प्र.०१-१३प ५१३९ नं मोटरसाईकललाई ठक्कर दिंदा मो.सा.मा सवार  जिल्ला कैलाली लम्किचुहा न.पा.८ बस्ने बर्ष ३३ को गगन राना मगर र ऐ.ऐ.बस्ने बर्ष २४ को पुष्प सुनार दुबै जना गम्भिर घाइते भइ उपचारको लागी टिकापुर अस्पताल लगिएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यू भएको, हाईस प्रहरीको नियन्त्रणमा, चालकको खोजतलास भईरहेको । हाईस धनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।