प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अबस्थामा ५ जना पक्राउ

२०८२-०४-२६

  • A
  • A-
  • A+
Share

       डडेल्धुरा:- मिति २०८२।०४।२६  गते ००:०० बजेको समयमा जिल्ला डडेल्धुरा, अमरगढी न.पा.१ स्याउले बजार स्थित सोही न.पा.१० बस्ने बर्ष ४२ को दिपक भण्डारीले संचालन गरेको आरति होटेलको दोस्रो तलामा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा निज पसल सञ्चालक दिपक भण्डारी सहित ५ (पाँच) जनालाई नगद रु.३७,७८५ र २०८ पत्ति तास सहित जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।