प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-०९

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- मिति २०८२।०५।०८ गते १५:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेलाबाट ऐ.१३ बडैपुर बस्ने बर्ष २३ को हरिश महरा र ऐ.१८ बस्ने बर्ष २६ को करन चन्दलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १.३४ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

    अछाम:- मिति २०८२।०५।०८ गते १२:३० बजेको समयमा जिल्ला अछामसाँफेबगर न.पा.८ वयलपाटा स्थित से ७ प ८२८० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक ऐ.बान्नीगडी जयगढ गा.पा.५ बस्ने वर्ष १९ को राकेश साउँदको साथबाट Pregabalin- 60, Tramowell- 26 ट्याब्लेट नियन्त्रित लागूऔषध फेला पारी निजलाई सोधपुछ गर्दा  ऐ. साँफेबगर न.पा.४ एयरपोर्ट बजार स्थित न्यू बुढा होटलमा लागूऔषध कारोबार भईरहेको भनि बुझिन आएकोले सोही ठाउँ बस्ने बर्ष ३० को कृष्ण बुढाले सञ्चालन गरेको उक्त होटलमा खानतलासी गर्दा काठको बाकस भित्र लुकाइ छिपाइ राखेको अवस्थामा Tramowell-36, Nemadol-20, Pregabalin-35, Lospas-69, Duloxit-20, Azithromycin-20, Cetixime-5Diclofenacsodium-5 ट्याब्लेट नियन्त्रित लागूऔषध फेला पारी उक्त लागूऔषध, मोटरसाइकल सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय वयलपाटाअछामबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।                

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।