प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०५-१८

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०५।१७ गते १६:०० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ मिलनचोक स्थित भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा सु.प.प्र.०१-००९ प ४०८१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक सोही उ.म.न.पा.११ बस्ने बर्ष २९ को सन्त राम रानाले मोटरसाइकलको लेग गार्डमा लुकाइ छिपाइ राखेको अवस्थामा ६ ग्राम ८३० मिलिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई जिल्ला प्रहरी कार्यालय कैलाली र  लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको । 

       कञ्चनपुर:- मिति २०८२।०५।१७ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर,  भिमदत्त न.पा.४ बसपार्क स्थित सार्वजनिक शौचालय भित्र लागूऔषध सेवन गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ऐ. कृष्णपुर न.पा.२ बस्ने बर्ष २४ को चन्द्र चन्द र जिल्ला बझाङ, बुङगल न.पा.१० बस्ने बर्ष २७ को धन बहादुर बागलाई चेकजाँच गर्दा निजहरुको साथबाट ८६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई अस्थायी प्रहरी पोष्ट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।    

   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।