प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०५-२४

  • A
  • A-
  • A+
Share

    डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०५।२३ गते जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. ज्यान सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय तोकिएका जिल्ला डडेल्धुरा, नवदुर्गा गा.पा.३ बस्ने बर्ष २२ रोषन लुहार, बर्ष २३ को आकास साँउद र बर्ष १९ को नरेश तिरुवा  । 

२. ज्यान सम्बन्धि कसुर मुद्दामा ३ महिना कैद सजाय र रु.८००।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, भागेश्वर गा.पा.४ घर भई हाल ऐ.अमरगढी न.पा. ८ बागचौर बस्ने १८ बर्षिय किशोर ।

३. लागूऔषध मुद्दामा ८ महिना कैद सजाय र रु.१५,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, अमरगढी न.पा.५ बागबजार बस्ने बर्ष २९ को राजेश पाल ।

      कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७७।१२।१७ गतेको फैसलाले जबरजस्ति करणी मुद्दामा ५ महिना १६ दिन  कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, दोधारा चाँदनी न.पा.६ पत्थरनाला बस्ने बर्ष २६ को सुजित थापा मगरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०५।२३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  । 

  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।