प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०६-०२

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०६।०१ गते जिल्ला कैलाली, टिकापुर न.पा.१ शक्तिनगरबाट सोही ठाउँ बस्ने बर्ष ३० को अर्पण चौधरीलाई शंका लागि चेकजाँच गर्दा  १ ग्राम २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

     बाजुरा:- मिति २०८२।०६।०१ गते जिल्ला बाजुरा, बडीमालिका न.पा.९ बाउली स्थित कोल्टी मार्तडी सडक खण्डमा कोल्टीबाट मार्तडीतर्फ संकास्पद हिडिरहेको अवस्थामा ऐ. बुढीनन्दा न.पा.१० बस्ने वर्ष २८ को बिरेन्द्र थापालाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ के.जि. ५६० ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारि उक्त पदार्थ सहित निजलाई  जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।       

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।