प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०६-०६

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०६।०५ गते १९:०० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा.४ कौवापुर पुर्णिमा सामुदायिक बन नजिक रहेको शिब मन्दिरबाट सोही ठाउँ बस्ने बर्ष २२ को खडक सिजाली मगरलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      कञ्चनपुर:- मिति २०८२।०६।०५ गते १३:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. १० गड्डाचौकी व्यारेल नजिकबाट ऐ.१८ जानकी टोल बस्ने बर्ष २३ को आशिष नेपाली र बर्ष २४ को अर्जुन दमाईलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट Buprenophine Hydrochloride ७२ एम्पुल र Promethazine Hydrochloride ९० एम्पुल नियन्त्रित लागूऔषध फेला पारी उक्त लागूऔषध सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।