प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०६-१९

  • A
  • A-
  • A+
Share

       कैलाली:- मिति २०८२।०६।१८ गते १५:०० बजेको समयमा जिल्ला कैलालीधनगढी उ.म.न.पा.२ त्रिनगर व्यारेल स्थित ऐ.५ बस्ने बर्ष ३० को यलसन चौधरीले चलाएको सु.प.प्र.०१-००१ प २५६८  नम्बरको मोटरसाइकल शंका लागि चेकजाँच गर्दा निज सहित मोटरसाइकल पछाडी सवार ऐ.घोडाघोडी न.पा.११ बस्ने बर्ष १९ को पर्शुराम कठरियाको साथबाट १ ग्राम ४४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवै जनालाई प्रहरी चौकी त्रिनगरकैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको          

       दार्चुला:- मिति २०८२।०६।१८ गते १५:३० बजेको समयमा जिल्ला दार्चुला, दुहु गा.पा. ५ स्थित झोलुङ्गे पुलबाट ऐ.१ बस्ने बर्ष ५६ को हर्क बहादुर बमलाई शंका लागि चेकजाँच गर्दा ४८० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।