प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध भन्सार छलिका सामान नियन्त्रणमा

२०८२-०६-२०

  • A
  • A-
  • A+
Share

      कैलाली:-  मिति २०८२।०६।१९  गते कैलाली जिल्लाको बिभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १ शिवनगर र ऐ.२ मिलनचोक बाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,४२,३८०।बराबरको  चिनी, धोती, कार्बन, बिडी, सुर्ती, मसला, सुप्पारी, किरानाका सामान, साइकल थान-३ लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको ।   

    कञ्चनपुर:- मिति २०८२।०६।१९ गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुरभिमदत्त न.पा. ४ कालोपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.२१,६९०।-।– बराबरको स्टेशनरी लगायतका सामानहरु अस्थायी प्रहरी बिट मझगाउँ, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गड्डाचौकीकञ्चनपुरमा बुझाएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।