प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८२-०६-२८

  • A
  • A-
  • A+
Share

     बझाङ:- मिति २०८२।०६।२७ गते १५:२० बजेको समयमा जिल्ला बझाङ जयपृथ्वी नगरपालीका वडा नं. ३ पानकोट स्थित जि.कञ्चनपुर शुक्लाफाँटा न.पा.१२ घर भई विद्युत सम्बन्धि काम गर्ने बर्ष अं. १९/२०को अनिल राना विद्युतको मेन लाइनको पोलमा काम गरिरहेको अवस्थामा एक्कासी करेन्ट लागि घाईते भई उपचारको लागि जिल्ला अस्पताल बझाङ लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।