प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

२०८२-०७-०६

  • A
  • A-
  • A+
Share

     कैलाली :- मिति २०८२।०७।०६ गते अं.०२:०० बजे जिल्ला कैलाली टीकापुर नगरपालिका वडा न. १ ब्लक न.१२ स्थित जनक शाहको घरमा जुवा तास खेलीरहेको भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा जिल्ला कैलाली टिकापुर न.पा.१ बस्ने बर्ष ५८ को जनक शाह सहित १० जनालाई नगद रु.१,१३,६००।- इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

     कञ्चनपुर:- मिति २०८२।०७।०५ गते २३:३० बजेको समयमा जिल्ला कञ्चनपुर दोधाराचाँदनी न.पा.-३ देबिस्थान स्थित डम्बर दमाईको एकतले एककोठे स्टोर कोठामा जुवातास भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा जिल्ला कञ्चनपुर दोधाराचाँदनी न.पा.-३ देबिस्थान बस्ने बर्ष ५५ को दल बहादुर दमाई सहित ४ जनालाई नगद रु.२१,८७५।- र १ गड्डी तास इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

      यसैगरी मिति २०८२।०७।०६ गते ०२:०० बजे जिल्ला कञ्चनपुर दोधारा चाँदनी न.पा. १ पशुपति टोल स्थित दिनेश बहादुर बमको नास्ता पसलमा जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाको आधारमा खानतलासी गर्दा जुवातास खेलिरहेको अवस्थामा दिनेश बहादुर बम सहित ८ जनालाई नगद रु. ३०,९३५।– र २ गड्डी तास इलाका प्रहरी कार्यालय दोधारा चाँदनी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको, सो सम्बन्धमा थप अनुसन्धान भईरहेको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।