प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-११

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०७।१० गते १७:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ हसनपुर स्थित जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नं.१७ बस्ने बर्ष २२ को हरी चौधरी र गोदावरी नगरपालिका वडा नं.०९ बस्ने बर्ष ३३ को प्रविन राना समेत लाई शंका लागी चेकजाँज गर्दा निजहरुको साथबाट ३ ग्राम ३२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी कैलाली र लागु औषध नियन्त्रण ब्युरो शाखा धनगढी बाट खटिएको सयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको । 

      कञ्चनपुर:- मिति २०८२।०७।१० गते १७:३० बजेको समयमा जिल्ला कन्चनपुर भिमदत्त न.पा. ४ स्थित बजारमा लागुऔषधको कारोवार भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर भिमदत्त न.पा.-१५ बस्ने बर्ष २८ को अरुण चन्दलाइ चेकजाच गर्दा निजको साथबाट ५२ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको ।

     यसैगरी मिति २०८२।०७।१० गते २०:३० बजेको समयमा जिल्ला कञ्चनपुर भि.न.पा.वडा न.१८ जानकी टोलबाट सोही ठाँउ बस्ने एक किसोरीलाई ५ मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र १ ग्राम २४ मिलिग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।