प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-१६

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०७।१५ गते २०:०० बजेको समयमा जिल्ला कैलालीटिकापुर न.पा.९ खक्रौला भन्सार चेकपोष्ट स्थित बा ७५ प८९२९ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकलको हेड लाइटको कबर भित्र लुकाई छिपाई राखेको अवस्थामा ४ ग्राम ९७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ,  मोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलाली, ऐ. जानकी गा.पा.९ अमरावती बस्ने बर्ष २२ को टेक बहादुर साउँद र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २५ को रमेश टमाटा सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डाकैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको ।                    

      कञ्चनपुर:- मिति २०८२।०७।१५ गते १४:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.९ झिलमिलाबाट  जिल्ला कैलाली, गौरीगंगा न.पा.१ चौमाला बस्ने बर्ष ३६ की लक्ष्मी देबि बिष्टलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय ब्रहमदेव, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।