प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०७-१८

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०७।१७ गते १५:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला भन्सार चेकपोष्ट नजिकबाट  जिल्ला बर्दिया, गेरुवा गा.पा.१ छापापुर बस्ने बर्ष २८ को धर्मेन्द्र आचार्य र सोही ठाउँ बस्ने बर्ष २९ को आशिष नेपालीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ९९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको    

      कञ्चनपुर:- मिति २०८२।०७।१७ गते १९:३० बजेको समयमा लागूऔषध खैरो हेरोइनको कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा  जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.५ गुलरिया बस्ने वर्ष २१ को गणेश बोहराको घरभित्र खानतलासी गर्दा घरको ग्यालरीमा लुकाई छिपाई राखेको अवस्थामा ७ ग्राम ३४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी निज गणेश बोहरा सहित सोही घर भित्र शंकास्पद रुपमा बसिरहेको अवस्थामा सोही ठाउँ बस्ने वर्ष २३ को मिलन भट्ट, वर्ष २२ को रिदम भट्ट, वर्ष ३२ को हर्क देउवा, वर्ष २१ को पारस जोशी र ऐ. ६ बस्ने वर्ष ३० को गणेश बहादुर बिष्ट समेत ६ जनालाई  उक्त पदार्थ सहित लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र  इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।