फरार प्रतिबादी पक्राउ
२०८२-०७-१८
- A
- A-
- A+
कैलाली:- फैसला कार्यान्वयनको
सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा
जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०७।१७ गते इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट
खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।
१.
लागूऔषध मुद्दामा १ महिना १० दिन कैद सजाय
तोकिएको जिल्ला कैलाली, टिकापुर न.पा.१ ब्लक न.७ बस्ने बर्ष २८
को शंकर खत्री ।
२.
लागूऔषध मुद्दामा ६ दिन
कैद सजाय तोकिएको जिल्ला कैलाली, टिकापुर
न.पा. ६ कटानपुर बस्ने बर्ष २४ को उमेश चौधरी ।
३.
लागूऔषध मुद्दामा २ महिना ९ दिन कैद सजाय र
२५०००।–(पच्चिस हजार ) तोकिएको जिल्ला कैलाली,
टिकापुर न.पा.३ बस्ने बर्ष २० को समिर चौधरी ।