प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८२-०७-२०

  • A
  • A-
  • A+
Share

     बझाङ:- मिति २०८२।०७।१९ गते १९:४५ बजेको समयमा जिल्ला बझाङथलारा गा.पा.२ काँडा स्थित भित्री सडक खण्डमा ऐ.दंगाजीबाट काँडागाउँ तर्फ जाँदै गरेको सु.प.प्र.०१-००२ त ५७२४ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ४००/५०० मिटर तल खस्न गई दुर्घटना हुँदा जिल्ला बझाङ, थलारा गा.पा.२ बस्ने बर्ष ६० को पमले खाती र सोही ठाउँ बस्ने बर्ष ६२ को जसे खातीको  घटनास्थलमै मृत्यु भएको, ट्याक्टर चालक जिल्ला कैलाली, गोदावरी न.पा. ४ बस्ने बर्ष ४५ को खुशी राम चौधरी घाइते भई प्राथमिक स्वास्थ्य केन्द्र देउरा, बझाङमा सामान्य उपचार पश्वात थप उपचारको लागि धनगढी रिफर गरिएको  । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।