प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागुऔषध सहित मानिस पक्राउ

२०७९-१२-२७

  • A
  • A-
  • A+
Share

मिति २०७९।१२।२६ गते ईलाका प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा. २ तेघरी बस्ने बर्ष २२ को सुरेश भट्ट र ऐ.ऐ. बस्ने बर्ष १९ को अमृत वली लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४०० मिलीग्राम लागु औषध खैरोहिरोईन फेला पारी निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

       यसै गरि सोहि दिन प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ मिलन चोक स्थित जिल्ला कैलाली गोदावरी न.पा. ५ गेटा बस्ने बर्ष २८ को निराजन पनेरुलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम २०० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो ।

      सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उमनपा १३ झलारीगाँउ स्थित ऐ.ऐ बस्ने बर्ष २२ को महेश रानालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १४० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजलाई प्रहरीले पक्राउ गरेको हो । 

     यसै गरी सोहि दिन ईलाका प्रहरी कार्यालयय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर न.पा. १ जमारा स्थित ऐ.टीकापुर नपा १ शिबनगर शिविर बस्ने बर्ष २६ को मोहन डगौरा थारुले चलाएको सु.प.प्र.०१-०१० प ९१५ नम्बरको मोटरसाईकलको पछाडी सवार रहेका ऐ.ऐ. बस्ने बर्ष १८ को सरोज थारु र ऐ. ऐ. बस्ने बर्ष २६ को लाल बहादुर चौधरीलाई शंका लागि रोकी चेकजाँच गर्दा निजहरुको साथबाट १३५ ग्राम ८०० मिलिग्राम ग्राम लागुऔषध गाँजा फेला पारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको ।


सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-१२

        कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरु धनगढी उ.म.न.पा. १५ कनरी र भजनी न.पा.९ कुँडीबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२,४२,६५०।– बराबरको बिडी, सुर्ति, मिठाई, छोहरा, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरु भिमदत्त न.पा.११ चौकिसत्ता, दोधारा चाँदनी न.पा.३ बडुवाल टोल, ऐ.७ कञ्चभोज, पुनर्वास न.पा.४ लोहनिचोक र ऐ.६ बुद्धचोकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३,१८,२८०।– बराबरको पेय पदार्थ, युरिया मल, साडी, पर्दा, प्याज, आलु, आँप, वल्व, पटका, साबुन, सरप, मोटरसाइकल थान-१ लगायतका सामानहरु सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ । 

अवैध लागूऔषध सहित मानिस नियन्त्रणमा
२०८३-०४-१२

     कैलाली:- जिल्ला कैलाली भजनी न.पा.६ नवलपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८२० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गा.पा.५ बस्ने बर्ष २० को अमर डगौरा थारु र वर्ष २० रोहित कुमार चौधरी रहेका छन् । गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली धनगढी उ.म.न.पा.१३ राजपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० मिलिग्राम सहित गोदावरी न.पा.३ बस्ने वर्ष २६ को कृष्ण रावललाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँ, कैलालीबाट खटिएको प्रहरीले निजले चलाएको सु.प.प्र.०१-००१ ह ४८५४ नम्वरको अटोलाई शंका लागी  चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, अटो सहित पक्राउ गरेको छ ।      यसैगरी, जिल्ला कैलाली गोदावरी न.पा.८ श्रीपुर स्थित भित्र सडक खण्डबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १४० मिलिग्राम सहित ३ जनालाई गयराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने वर्ष ३५ को निर्मल चौधरी र वर्ष २७ को कालु राम चौधरी र धनगढी उ.म.न.पा.५ बस्ने १८ वर्षिय किशोरी रहेका छन् । प्रहरी चौकी गेटा, कैलालीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१३ प २७३५ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ सहित पक्राउ गरेको छ ।        कञ्चनपुर:-  जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भाईरल रोड नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने वर्ष २४ को भिम सिँह धामी, सोही न.पा.७ बस्ने वर्ष ३१ को देबेन्द्र बहादुर चन्द र नरेश मल्ल रहेका छन् । लागूऔषध खैरो हेरोईनको कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले DL 8 CBL 0923 नम्बरको भारतिय  कार रोकि राखेको अवस्थामा कार तथा निजहरुलाई खाँनतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थ, कार सहित पक्राउ गरेको छ ।

अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-११

    कैलाली:- जिल्ला कैलाली टिकापुर न.पा.६ बाणीघाट पुलबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२४,०००।– बराबरको बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु आईतबार राति इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।         कञ्चनपुर:- जिल्ला कञ्चनपुर भिमदत्त न.पा.११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी मूल्य रु.१,५०,५८०।– बराबरको थान कपडा, सुटपिस, साडी, चप्पल, किराना लगायतका सामानहरु आईतबार दिउँसो इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको छ ।