लागुऔषध सहित मानिस पक्राउ
२०७९-१२-२७
- A
- A-
- A+
मिति २०७९।१२।२६ गते ईलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी न.पा. २ तेघरी बस्ने बर्ष २२ को सुरेश भट्ट र ऐ.ऐ. बस्ने बर्ष १९ को अमृत वली लाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४०० मिलीग्राम लागु औषध खैरोहिरोईन फेला पारी निजहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसै गरि सोहि दिन प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उ.म.न.पा. २ मिलन चोक स्थित जिल्ला कैलाली गोदावरी न.पा. ५ गेटा बस्ने बर्ष २८ को निराजन पनेरुलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम २०० मिलिग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो ।
सोहि दिन जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली धनगढी उमनपा १३ झलारीगाँउ स्थित ऐ.ऐ बस्ने बर्ष २२ को महेश रानालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १४० मिलिग्राम लागुऔषध खैरोहेरोईन सहित निजलाई प्रहरीले पक्राउ गरेको हो ।
यसै गरी सोहि दिन ईलाका प्रहरी कार्यालयय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला कैलाली टीकापुर न.पा. १ जमारा स्थित ऐ.टीकापुर नपा १ शिबनगर शिविर बस्ने बर्ष २६ को मोहन डगौरा थारुले चलाएको सु.प.प्र.०१-०१० प ९१५ नम्बरको मोटरसाईकलको पछाडी सवार रहेका ऐ.ऐ. बस्ने बर्ष १८ को सरोज थारु र ऐ. ऐ. बस्ने बर्ष २६ को लाल बहादुर चौधरीलाई शंका लागि रोकी चेकजाँच गर्दा निजहरुको साथबाट १३५ ग्राम ८०० मिलिग्राम ग्राम लागुऔषध गाँजा फेला पारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको ।