प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा मृत्यु, घाइते

२०८२-०७-२२

  • A
  • A-
  • A+
Share

      कञ्चनपुर:- मिति २०८२।०७।२१ गते १२:०० बजेको समयमा जिल्ला कञ्चनपुर, बेदकोट न.पा. ८ भित्रि सडक खण्डमा चालक भारत विहार बस्ने बर्ष २३ को औधेष कुमार महत्तोले चलाएको अनटेस्ट मसला बनाउने आर्गो मिक्चर मेसिन र ऐ.७ सुडा बस्ने बर्ष ३१ को शिब रानाले चलाएको म २ प ८४०२ नम्बरको  मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक गम्भिर घाईते भई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा ऐ. १२:५५ बजे उपचारको क्रममा मृत्यु भएको, मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ३० को भिम राना घाइते भइ सोही अस्पतालमा उपचार भइरहेको,   मिक्चर मेसिन चालक र मिक्चर मेशिन प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको          

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।