प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८२-०७-२८

  • A
  • A-
  • A+
Share

     अछाम:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८२।०४।३० गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ३ महिना कैद सजाय र रु.३,०००।– जरिवाना तोकिएको जिल्ला अछाम, मेल्लेख गा.पा.२ बस्ने मने धामीलाई जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते जिल्ला अछाम, मंगलसैन न.पा.५ स्थित मंगलसैन बजारबाट पक्राउ गरेको  ।   

     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बाल यौन दुर्ब्यवहार मुद्दामा ४ महिना १६ दिन कैद सजाय र रु.३०,०००।– जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, परशुराम न.पा.४ कटाल बस्ने बर्ष २२ को प्रेम बहादुर बोहरालाई इलाका प्रहरी कार्यालय जोगबुढा, डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०७।२७ गते निजकै घर ठेगानाबाट बाट पक्राउ गरेको  ।    

       

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।