लागु औषध सहित मानिस पक्राउ
२०७९-१२-२८
- A
- A-
- A+
कञ्चनपुर- मिति २०७९।१२।२७ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर भिमदत्त न.पा. ३ स्थित ऐ. बस्ने बर्ष २९ को राम सिंह धामीलाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट फेनारगन २ एम एल को १० एम्पुल र रेस्कोजेसिस २ एम एल को १० एम्पुल लागुऔषध फेला पारी निजलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सोहि दिन ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला कञ्चनपुर बेलौरी न.पा.६ स्थित भारतबाट नेपाल तर्फ आउदै गरेका जिल्ला कैलाली धनगढि उ.म.न.पा. १३ बस्ने बर्ष २३ को मदन रानाले चलाएको सु.प.प्र.०१-००९ प ३०९७ नम्बरको मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २८ को निसान घर्ति मगरलाई शंका लागी रोकी चेकजाँच गर्दा निजहरुको साथबाट २ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरु लाई पक्राउ गरेको हो ।
कैलाली:- मिति ०७९/१२/२७ गते प्रहरी चौकी त्रिनगरवाट खटिएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा.३ स्थित भारतवाट नेपाल तर्फ आउदै गरेको जिल्ला दार्चुला शैल्यशिखर गा.पा. ८ बस्ने बर्ष २७ को गोपाल भण्डारीले चलाएको से.६ प ६०४० नं. को मो.सा. पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष २५ को लोकेन्द्र भण्डारीलाई शंका लागी रोकी चेकजाँच गर्दा निजहरुको साथ बाट ३ ग्राम लागुऔषध खैरोहेरोईन फेला पारी निजहरुलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
सोही दिन वडा प्रहरी कार्यालय धनगढी कैलालीबाट खटीएको प्रहरी टोलीले जि. कैलाली धनगढी उ.म.न.पा.३ स्थित फिस रिसोर्टका संचालक जिल्ला बझाङ चिर बिथ्थड गा.पा.९ घर भई हाल ऐ. धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३३ को हिक्मत मल्ललाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट ७२० मिलिग्राम ला.औ चरेस फेला पारी निजलाई प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ।