प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-०३

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०८।०२ गते १५:०० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित बिस्कुट फ्याक्ट्री अगाडीबाट सोही ठाउँ  बस्ने बर्ष २७ को अनिल चौधरीलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

     यसैगरी,  मिति २०८२।०८।०२ गते १७:०० बजेको समयमा जिल्ला कैलाली, घोडाघोडी न.पा.६ झलझलिया स्थित जंगलमा लागूऔषध खैरो हेरोईन कारोबार तथा सेवन गरी रहेका छन भन्ने गोप्य सुचनाको आधारमा ऐ. बछुरिया बस्ने बर्ष ३० को भिम बहादुर दमाई र बर्ष २६ को तपेन्द्र बहादुर थापा लागूऔषध खैरो हेरोइन जस्तो धुलो पदार्थ सेवन गर्दै बसिरहेको अवस्थामा निजहरुलाई चेकजाँच गर्दा ३ ग्राम १४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी निजहरुको घरमा समेत खानतलासी गर्दा भिम बहादुर दमाईको घरमा समेत लुकाई छिपाई राखेको अवस्थामा ५ ग्राम २५० मिलिग्राम गरी जम्मा ८ ग्राम ३९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

      कञ्चनपुर:- मिति २०८२।०८।०२  गते १६:३० बजेको समयमा जिल्ला कञ्चनपुरबेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०१२ प ३६०० नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ४ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थमोटरसाइकल सहित मोटरसाइकल चालक जिल्ला कैलालीगोदावरी न.पा.८ श्रीपुर बस्ने बर्ष २६ को रामजनम चौधरी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २८ को उमेश चौधरी सहित दुवै जनालाई प्रहरी चौकी भुडाकञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको                     

        यसैगरी, मिति २०८२।०८।०२ गते १६:३० बजेको समयमा गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ खैराना स्थित भारतबाट नेपाल आउँदै गरेकी  सोही ठाउँ बस्ने बर्ष ३१ की सावित्री चौधरीलाई खानतलासी गर्दा निजको साथबाट ४ ग्राम ५२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलौरीकञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको    

     यसैगरी, मिति २०८२।०८।०२ गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ गडडाचौकी चेकपोष्ट स्थित भारतबाट नेपाल आउँदै गरेको अवस्थामा  जिल्ला कञ्चनपुर, बेदकोट न.पा.९ लालपुर बस्ने बर्ष २१ को अरबिन्द रोकाया, ऐ.३ बस्ने बर्ष २० को सुमित साँउद र ऐ.१० बस्ने बर्ष २१ को साजन कठायतलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट २०० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु तिनै जनालाई इलाका प्रहरी कार्यालय गड्डाचौकीकञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।