प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०८-०४

  • A
  • A-
  • A+
Share

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।०३  गते जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बेली बस्ने बर्ष ३० को सुरेश नेपाली । 

२. चोरी मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।- जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बेली बस्ने बर्ष २३ को प्रदिप राना । 

३. बिना ईजाजत बन पैदावार हानि नोक्सानी कसुर मुद्दामा २ महिना ८ दिन कैद सजाय र रु.२०,१४,०००।–(बिस लाख चौध हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, मोहन्याल गा.पा.३ साँवा बस्ने वर्ष ५६ को नन्दराम बुढा ।

४. ज्यान मार्ने उद्योग मुद्दामा २ वर्ष कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा. ८ बस्ने बर्ष ३८ को नन्दलाल राना ।

५. बैंकिङ कसुर मुद्दामा २ महिना कैद सजाय र रु.२,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.५ बस्ने बर्ष ६२ को कृष्ण श्रेष्ठ ।

६. जवरजस्ती करणी मुद्दामा ३ बर्ष ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, लम्कीचुहा न.पा.५ तिलकपुर बस्ने बर्ष २७ को लक्ष्मण कार्की । 

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०५।२३  गतेको फैसलाले लागूऔषध मुद्दामा ४ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.६ बनगाँउ बस्ने बर्ष ३२ को बिबेश बोगटीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।   

     बैतडी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बैतडीको फैसलाले लागूऔषध (चरेश) मुद्दामा १ बर्ष ७ महिना ६ दिन कैद सजाय र रु.१५,०००।- जरिवाना तोकिएकी जिल्ला बैतडी, पुर्चौडी न.पा.४ धौलकाडा बस्ने बर्ष ३५ की भावना धामीलाई अस्थायी प्रहरी पोष्ट धौनाखोली,बैतडीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।०३ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको  ।   

  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।