प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट बिभिन्न धनमाल जलेर नष्ट

२०८२-०८-०८

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०८।०७ गते १७:४५ बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.११ शिबपुर बस्ने शंकर बि.क.को घरमा कोही नभएको समयमा निजकै भान्जा बर्ष ५ को अभिषेक बि.क.ले लाइटर चलाउने क्रममा घर नजिकै रहेको परालमा आगो लागी  सोही आगो नजिकै रहेको घरमा सल्किन गइ माटो, काठ र खरले बनेको एक तले कच्ची घरमा आगलागी हुँदा घर र घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भँडावर्तन लगायतका सामानहरु जलेर नष्ट भएको, मानविय तथा चौपाया क्षती नभएको, क्षतिको विवरण आउन वाँकि रहेको, स्थानिय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।