प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागू औषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-१२

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०८।११ गते १९:३० बजेको समयमा बिशेष सुचनाको आधारमा जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरिया बजार स्थित शंकास्पद रुपमा हिडिरहेको अवस्थामा जिल्ला बझाङ, जयपृथ्बी न.पा.१० बस्ने बर्ष २२ को बिशाल सिंह र ऐ. बस्ने बर्ष २० घर्मेन्द्र सुनारलाई चेकजाँच गर्दा निजहरुको साथबाट ७ ग्राम ६८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको   

      यसैगरी,  मिति २०८२।०८।११ गते १९:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.११ बेलाबाट सोही ठाउँ बस्ने बर्ष २८ को अर्जुन चौधरी र ऐ. बस्ने बर्ष ३२ को आशाराम चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट ८ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट अम्बिकाटोल, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।