प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कुल बसको ठक्करबाट १३ बर्षिय वालकको मृत्यू

२०८२-०८-१४

  • A
  • A-
  • A+
Share

      कैलाली:- मिति २०८२।०८।१३ गते १६:५० बजेको समयमा जिल्ला कैलाली, गोदावरी न.पा.५ गेटा स्थित भित्रि सडक खण्डमा गेटाबाट बरबट्टा तर्फ जाँदै गरेको चालक जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.४ बस्ने बर्ष ४४ को पतिराम डगौराले चलाएको से १ क ११८२ नम्बरको (श्री बिद्याभुषण पब्लिक स्कुलको) बसले सोहि दिशा तर्फ जाँदै गरेको साइकल यात्री जिल्ला कैलाली, गोदावरी न.पा.५ बस्ने बर्ष १३ को अनुप महरालाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा ऐ.१७:०५ बजेको समयमा उपचारको क्रममा मृत्यु भएको, बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेकोसो सम्बन्धमा अनुसन्धान भईरहेको             

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।