प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी पक्राउ

२०८२-०८-१७

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित बिशेष अदालत काठमाण्डौको मिति २०८१।०१।२४ गतेको फैसलाले भष्ट्राचार मुद्दामा ५ बर्ष ११ महिना २६ दिन कैद सजाय र रु.८५,२८,७८३ ।- ( पचासी लाख अठ्ठाइस हजार सात सय त्रियासी)  जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, लालझाडी गा.पा.५ बस्ने वर्ष ५४ को पल्टु रानालाई इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६ गते पक्राउ गरेको  ।

     यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०७३।०३।१३ गतेको फैसलाले अबैध रुपमा काठ ओसारपसार र चोरी मुद्दामा २ महिना कैद सजाय र रु.३,०००।– जरिवना तोकिएको जिल्ला कञ्चनपुर, शुक्लाफाँटा न.पा.५ बस्ने बर्ष ३३ को रबिन्द्र साउदलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६ गते पक्राउ गरेको । 

    कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उप-महानगरपालिका ६ बस्ने बर्ष २२ को दिनेश भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।  

     डडेल्धुरा:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डडेल्धुराको फैसलाले बन सम्बन्धी कसुर मुद्दामा २२ दिन कैद सजाय र रु.१,६७,७०४।- जरिवाना तोकिएको जिल्ला डडेल्धुरा, पर्शुराम न.पा.६  सोधनी बस्ने बर्ष ५५ को प्रेम सिंह धामीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।१६  गते ऐ.अमरगढी न.पा.५ बागबजारबाट पक्राउ गरेको ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।