प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२०

  • A
  • A-
  • A+
Share

     कैलाली:- मिति २०८२।०८।१९ गते ११:३० बजेको समयमा इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले जिल्ला बाजुरा, स्वामिकार्तिक गा.पा.२ घर भइ हाल जिल्ला कैलाली, लम्कीचुहा न.पा.१ थपालीपुर बस्ने बर्ष ५७ को शंकर हमाललाई ऐ.स्थित भित्री सडकखण्डमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा निजको साथबाट १८ ग्राम ६ मिलिग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सहित फेला पारि नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।  

     यसैगरी,   मिति २०८२।०८।१९ गते १२:१५ बजेको समयमा जिल्ला कैलाली, गौरीगंगा न.पा.१० शान्तिपुर टोल जाने बाटोको कल्भर्टबाट ऐ. ८ बस्ने १८ बर्षिय किशोरलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट  ५६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

     कैलाली:- मिति २०८२।०८।१९ गते २०:०० बजेको समयमा बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले जिल्ला कैलाली, गोदावरी न.पा.२ स्थित पहाड रोडमा रहेको स्वस्तिक होटलको कोठा भित्र लुकिछिपि बसिरहेको अवस्थामा निजहरुको शरिर तथा कोठाको खानतलासी गर्दा  जिल्ला बझाङ, छब्बिस पाथिभेरा गा.पा.७ बस्ने बर्ष २८ को बम बहादुर धामी, ऐ. बस्ने बर्ष ४२ को जनक जाग्री, ऐ. सुर्मा गा.पा.३ बस्ने बर्ष २५ को अमृत बोहरा र जिल्ला दार्चुला, महाकाली न.पा.२ बस्ने बर्ष ५० को रुपसिंह सितोलीको साथबाट  ७ के.जी. ५०० ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ र तौल गर्ने काँटा थान -१ सहित फेला पारि उक्त पदार्थ, काँटा सहित निजहरु चारै जनालाई नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।