प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०८-२३

  • A
  • A-
  • A+
Share

     कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०५५।०१।२७ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु.१२,०००।- (बाह्र हजार ) जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.३ बस्ने बर्ष ६३ को राम सिंह तामाङलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२२ गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

       डोटी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले बहुविवाह मुद्दामा १ बर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको जिल्ला डोटी, शिखर न.पा.२ मुढेगाँउ बस्ने बर्ष ४० को लाल बहादुर दाशलाई जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२२ गते पक्राउ गरेको ।   

सम्बन्धित समाचार
अवैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०४-२८

कैलाली:- कैलाली धनगढी उ.म.न.पा. २ सारदा स्कुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.२१,६००।–  बराबरको छिद्रा माछा बुधबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:- जिल्ला कञ्चनपुर दोधारा चाँदनी नगरपालिका ८ नेपाल भारत सीमाना १८ नम्बर पिल्लर स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३४,२००।–  बराबरको बोईलर कुखुरा र पुनर्वास न.पा.३ SPL स्कुल नजिकैबाट अन्दाजी मुल्य रु. २०,२००।– बराबरको पेय पदार्थ,कपडा र किराना लगायका सामानहरु बुधबार इलाका प्रहरी कार्यालय दोदारा चाँदनी र त्रिभुवनबस्ति,कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।