प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०८-२५

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०८।२४  गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट जिल्ला कैलाली, जानकी गा.पा.१ दुर्गौली बस्ने बर्ष २२ को निराजन भुललाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको     

     कञ्चनपुर:-  मिति २०८२।०८।२४  गते १७:०० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१८ सालघारीबाट सोही ठाउँ बस्ने बर्ष २५ को हेमन्त धामीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ४६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय गड्डचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको     

     यसैगरी,  मिति २०८२।०८।२४  गते २३:३० बजेको समयमा जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.३ भाँसि स्थित लागूऔषधको कारोबार भइरहेको छ भन्ने गोप्य सुचानाको आधारमा ऐ. वेदकोट न.पा.४ बगुन घर भइ हाल ऐ.३ भाँसि कोठा गरि बस्ने बर्ष २८ को सुनिल बिष्टको कोठामा चेकजाँच गर्दा  ऐ. ३ बस्ने बर्ष २७ की निलम अवस्थि, ऐ. ७ बस्ने बर्ष २६ को बिनोद ठगुन्ना, ऐ. बेल्डाडी गा.पा.१ बस्ने बर्ष २५ को योजन शर्मा, ऐ. बस्ने बर्ष २२ को भरत बम र निज सुनिल बिष्ट समेत पाँच जना लागूऔषध सेवन गरीरहेको अवस्थामा फेलापारी उक्त कोठाको खानतलासि गर्दा ३ ग्राम ५४० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरु पाँचै जनालाई वडा प्रहरी कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।