प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०८-२५

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०८।२४ गते जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.      बैकिङ कसुर मुद्दामा १५ दिन कैद सजाय र रु.५,१०,०००। ( पाँच लाख दश हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ३७ को छेदुराम डगौरा थारु । 

२.      लागूऔषध मुद्दामा १ बर्ष कैद सजाय र रु.५,०००। (पाँच हजार) जरिवाना तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.१ बस्ने बर्ष ३२ को धन बहादुर बोहरा ।

३.      लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ बस्ने बर्ष २५ को सुरेश चौधरी ।

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०३।२४ गतेको फैसलाले लागूऔषध चरेश मुद्दामा प्रति ब्यक्ति १० महिना १६ दिन कैद सजाय र रु.१०,०००। (दश हजार) जरिवना तोकिएका फरार प्रतिवादिहरु जिल्ला बझाङ, छबिसपाथिभारा गा.पा.२ बस्ने बर्ष ३८ को महेन्द्र रोकाया र ऐ. बस्ने बर्ष ४२ अम्मर बहादुर रोकायालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०८।२४ गते जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.४ महेन्द्रनगर बजारबाट पक्राउ गरेको ।    

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।