प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-०२

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०९।०१  गते १३:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला चेकपोष्ट नजिकबाट ऐ.१ ब्लक नम्वर १२ बस्ने बर्ष २१ को सुरेन्द्र थ्यायतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ३७० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी,  मिति २०८२।०९।०१  गते १८:४० बजेको समयमा जिल्ला कैलाली, लम्कीचुहा न.पा. १ भुरुवा स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने बर्ष १९ को करन नेपालिलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट ६६० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।   

     यसैगरी,  मिति २०८२।०९।०१  गते १९:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.९ खक्रौला स्थित सडकखण्डबाट ऐ.३ कटानपुर बस्ने बर्ष २० को बिशाल बि.क.लाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १०० लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।      

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।