प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

भन्सार छली गरि ल्याएका अबैध सामान बरामद

२०८०-०१-०४

  • A
  • A-
  • A+
Share

कञ्चनपुर- मिति २०८०/०१/०३ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत अस्थाई प्रहरी पोष्ट बनसाहबाट खटिएको प्रहरी टोलिले जि.कञ्चनपुर शुक्लाफाटा न.पा.१२ दोबाह स्थित अन्दाजी रु. ९४,३२०।- बराबरको चिनि, बिडि र नम्बर नखुलेको सुपर स्पेलेण्डर मो.सा बेवारिसे अवस्थामा फेला पारी बरामद गरी अवश्यक कारवाहिको लागी प्रहरीले कञ्चनपुर भन्सार कार्यालयमा बुझाईएको हो ।

कैलाली- यसै गरि मिति २०८०।०१।०४ गते अस्थाई प्रहरी पोष्ट जुगेडा कैलालीवाट खटिगएको प्रहरी टोलीले धनगढी उ.म.न.पा. १० सिमघाट स्थित भारतबाट भन्सार छली गरी ल्याएको अन्दाजी रु.७,०००।- बराबरको वोईलर कुखुरा बेवारिसे अवस्थामा फेला पारी बरामद गरी आवश्यक कारवाहीका लागी कैलाली भन्सार कार्यालयमा बुझाईएको हो ।


सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।