प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-०६

  • A
  • A-
  • A+
Share

   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।१५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु. २०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त.न.पा.१२ बस्ने बर्ष २३ को आशिष रानालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।     

 

   यसैगरी :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।१२।२६ गतेको फैसलाले लागु औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त.न.पा.१० बस्ने बर्ष २२ को हरिश साउँदलाई प्रहरी चौकी जिमुवा,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।     

 

   यसैगरी:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८२।०२।१५ गतेको फैसलाले चोरी मुद्दामा १ महिना कैद सजाय र रु. २०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर भिमदत्त.न.पा.१६ बस्ने बर्ष २० को विशाल रानालाई इलाका प्रहरी कार्यालय गड्डाचौकी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले निजको घर ठेगानबाट मिति २०८२।०९।०५ गते पक्राउ गरेको ।     

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।