प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-०८

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर :- मिति २०८२।०९।०७  गते १९:३० बजेको समयमा जिल्ला कञ्चनपुर कृष्णपुर न.पा. ४ त्रिविणी चोक बस्ने वर्ष ३५ की लक्ष्मी देवी दौल्यालको इट्टाले बनेको जस्ता पाताले छाएको एक तले घरमा संचालन गरेको खुद्रा पसलमा शंका लागि चेकजाँच गर्दा निजको पसलमा लुकाई छिपाईराखेको अबस्थामा २.३ ( दुई किलो ३ सय ग्राम ) लागूऔषध चरेश जस्तो देखिने पदार्थ फेला पारी उक्त पदार्थ सहित निज लक्ष्मी देवी दौत्याललाई लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चपुरमाबाट खटिएको सयूक्त प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

    यसैगरि :- मिति २०८२।०९।०७  गते १८:०० बजेको समयमा जिल्ला कञ्चनपुर  भिमदत्त न.पा. १८ सदाबहार टोल स्थित ऐ.ऐ. बस्ने  मोहित भट्टको कोठामा ऐ.ऐ. बस्ने अभिसेक अवस्थीलाई  शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ४१ मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित दुबै जनालाई  ला.औ. नियन्त्रण व्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट सलाघारी,कञ्चनपुरबाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।