प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-०९

  • A
  • A-
  • A+
Share

   कैलाली- जिल्ला कैलाली धनगढी उ.म.न.पा.१० बस्ने बस्ने राम मिलन रानाको घरमा ला.औ. बिक्रि वितरण भईरहेको छ भन्ने सुचनाको आधारमा घर तलासी गर्दा निजको श्रीमती वर्ष २० कि द्रोपती रानाको साथबाट २ ग्राम १४० मिलिग्राम र निजको भाई वर्ष १७ को महेश रानाको साथबाट लाई १४० मिलिग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित मिति २०८२।०९।०८ गते मंगलबार प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागु औषध व्यूरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।

   यसैगरी,  मिति २०८२।०९।०८  गते १७:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेकपोष्ट स्थित जिल्ला बर्दिया राजापुर न.पा. ४ घुम्ना बस्ने बर्ष २१ को राजेश थारु र ऐ.ऐ. संघर्षनगर बस्ने बर्ष २३ को ईन्द्र बहादुर थारु संगै हिडिरहेको अवस्थामा शंका लागि चेकजाँच गर्दा निजको साथबाट २ ग्राम ९०० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजहरुलाई  प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

   यसैगरी, मिति २०८२।०९।०८  गते १९:०० बजेको समयमा जिल्ला कैलाली टिकापुर न.पा. ९ खक्रोला चेकपोष्ट स्थित जिल्ला कैलाली लम्किचुहा न.पा.४ कौवापुर बस्ने बर्ष २६ को सुनिल मल्लले चलाएको सु.प.प्र.०१-०१० प ८१३५ नं को मो.सा. लाई शंका लागि चेकजाँच गर्दा मो.सा. को सिट भित्र  २ ग्राम ९८० मिलिग्राम लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मो.सा. र मानिस सहित इलाका प्रहरी कार्यालय टिकापुर कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएकोथप अनुसन्धान भईरहेको  

 

 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।