प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-१०

  • A
  • A-
  • A+
Share

   कैलाली :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले विभिन्न मुद्दामा कैद सजाय र जरिवाना तोकिएका २२ जना फरार प्रतिवादीहरुलाई निजहरुको घर ठेगानाबाट जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरेको छ ।

   कञ्चनपुर :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।०२।२५ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी जिल्ला कञ्चनपुर शुक्लाफाँटा न.पा.१ पहरीया बस्ने बर्ष २३ को दिपेन्द्र डगौरालाई निजको घर ठेनानाबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरेको छ ।     

     अछाम :- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत अछामको मिति २०८१।०३।२६ गतेको फैसलाले सवारी ज्यान मुद्दामा ३ महिना कैद, रु.२,०००।– जरिवाना तोकिएका जिल्ला अछाम चौरपाटी गा.पा.५ बस्ने तेज बहादुर रावल र मिति २०८२।०३।१७ गते फैसलाले बैंकिङ कसुर मुद्दामा ७ दिन कैद, रु. २०,०००।– जरिवाना तोकिएका जि. अछाम साँफेबगर न.पा. ५ नवठाना बस्ने रेमन्त बहादुर ठकुल्ला फरार प्रतिवादीहरुलाई विभिन्न स्थानबाट जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।०९ गते पक्राउ गरी जिल्ला अदालत अछाममा उपस्थित गराईएको ।     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।