प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-१५

  • A
  • A-
  • A+
Share

   कैलाली:-  मिति २०८२।०९।१४ गते १४:३० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ...पा.३ बडराबाट ऐ.१३ बस्ने बर्ष २८ को मनोज राना र ऐ. बस्ने १८ वर्षिय किशोरलाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट १ ग्राम ७३०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, निजहरुले प्रयोग गरेको से ५ प ३५६ नम्बरको मोटरसाइकल सहित निजहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको 

   यसैगरी,  मिति २०८२।०९।१४ गते १८:०० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.८ सत्तीपुल स्थित सु.प.प्र. ०२-००४ प १९८८ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला बर्दिया, गेरुवा गा.पा.५ बस्ने बर्ष ३६ को दिवाकर रैसालको साथबाट १ ग्राम ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजलाई प्रहरी चौकी सत्ति, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।