प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध काठ बरामद

२०८२-०९-१६

  • A
  • A-
  • A+
Share

    कैलाली:- मिति २०८२।०९।१५ गते १३:३० बजेको समयमा जिल्ला कैलाली, टिकापुर न.पा.५ सिम्रेनी स्थित भित्रि सडक खण्डमा नम्बर पिलेट स्पष्ट नदेखिने SONALIKA,DL-745 III कम्पनिको ट्याक्टरको ट्रालीमा लोड गरी राखेको सिमल जातको काठको गोलिया थान-१३ (८७.५४ क्यूफिट) र भिल्लर जातको काठको गोलिया थान-४ (१७.९४ क्यू फिट) गरी जम्मा अन्दाजी रु.३१,६४४।– (एकतिस हजार छ सय चवालिस) बराबरको काठ इलाका प्रहरी कार्यालय टिकापुर, कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई उक्त ट्राली, काठ आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय टीकापुर, कैलालीमा बुझाएको । 

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।