प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-१९

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०९।१८ गते १९:३५ बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.२ बाट ऐ.४ बस्ने बर्ष २२ को बिज्ञान बस्नेतलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १४०मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट विशालनगर, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।

     दार्चुला:- मिति २०८२।०९।१८ गते १८:५० बजेको समयमा जिल्ला दार्चुला, मालिकार्जुन गा.पा.७ सेल्प्या स्थित माहाकालि करिडोरमा ऐ. डिङ्सीबाट उकु तर्फ जादै गरेको  से ७ प ५३९२ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक  ऐ. डिङ्सी बस्ने बर्ष ३० को महेन्द्र सिह धामी र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २८ को मधुकर उपाध्यायको साथबाट ९१७ (नौ सय सत्र ) ग्राम लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ र भारतिय रुपैँया रु.१०,०००।– र नेपाली रु.१,३५०।- नगद समेत फेला पारी उक्त पदार्थ, नगद र मोटरसाइकल सहित निजहरु दुवै जनालाई प्रहरी चौकी जोलजीबी, दार्चुलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।   

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।