प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-१९

  • A
  • A-
  • A+
Share

      कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत डोटीको फैसलाले बैकिङ कसुर मुद्दामा ५ दिन कैद सजाय र रु.५०,०००।–जरिवाना तोकिएको जिल्ला डोटी, सायल गा.पा.०५ बस्ने बर्ष ३३ को पदम बहादुर रोकायालाई  जिल्ला प्रहरी कार्यालय डोटीको समन्वयमा जिल्ला प्रहरी कार्यालय डोटी र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१८  गते जिल्ला कैलाली, गोदावरी न.पा.२ अत्तरिया बजारबाट पक्राउ गरेको ।      

       कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको मिति २०८१।११।११   गतेको फैसलाले चोरी मुद्दामा २ महिना ८ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर  न.पा.२ बनरा बस्ने २३ को कमल सुनारलाई इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।१८ ऐ. बाणीबाट पक्राउ गरेको ।       

  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।