प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-२२

  • A
  • A-
  • A+
Share

   कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत बझाङको फैसलाले कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैद सजाय तोकिएको जिल्ला बझाङ, सुर्मा गा.पा.२ बस्ने बर्ष ५४ को रंग लाल बोहरालाई जिल्ला प्रहरी कार्यालय बझाङको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलाली, जिल्ला प्रहरी कार्यालय बझाङ र इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२१  गते जिल्ला कैलाली, धनगढी उ.म.न.पा. १९ फुलवारीबाट पक्राउ गरेको  ।      

     यसैगरी, फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको फैसलाले बन मुद्दामा ५ महिना ६ दिन कैद सजाय र रु.६०,६२४।जरिवाना तोकिएको जिल्ला कैलालीघोडाघोडी न.पा.४ बस्ने बर्ष ३६ को भुवन रतोकीलाई इलाका प्रहरी कार्यालय सुखड, कैलालीबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०९।२१  गते निजकै घर ठेगानाबाट पक्राउ गरेको ।   

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२१ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१.    सवारी ज्यान मुद्दामा १ महिना १३ दिन कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.११ भुजेला बस्ने बर्ष ३२ को रमेश सुनार ।

२.     अभद्र ब्यवहार मुद्दामा १ महिना कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, भिमदत्त न.पा.१० जिमुवा बस्ने बर्ष ५४ को बिर सिह बिष्ट ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।