प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-२३

  • A
  • A-
  • A+
Share

     कैलाली:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२२ गते जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.१ जोशिपुर बस्ने बर्ष २५ को रबिन शाह ।

२. लागूऔषध मुद्दामा ६ महिना कैद सजाय तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.१ जोशिपुर बस्ने बर्ष २५ को छबि भन्ने छत्रराज पाठक । 

३. सवारी ज्यान मुद्दामा १९ दिन कैद सजाय र रु.३२,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, भजनी न.पा.५ बस्ने  बर्ष २८ को रुकेश डगौरा ।

४. भ्रष्टाचार अन्य मुद्दामा ६ महिना कैद सजाय र रु.१०,०००।– जरिवाना तोकिएको जिल्ला कैलाली, जोशीपुर गा.पा.७ बस्ने बर्ष ४५ को रामचन्द्र ओझा । 

५. ओखेटापहार मुद्दामा १ महिना १९ दिन कैद सजाय तोकिएको जिल्ला कैलाली,भजनी न.पा.८ बस्ने बर्ष ३५ को प्रशुराम चौधरी । 

६. बन मुद्दामा ५ महिना १९ दिन कैद सजाय र रू.६०,६२४।–  जरीवाना तोकिएको  जिल्ला कैलाली, घोडाघोडी न.पा.४ बस्ने बर्ष ६५ को भैया चौधरी ।

        कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२२  गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. बन पैदावर मुद्दामा ६ महिना कैद सजाय र १,०८,६९५।-  जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, बेलौरी न.पा.६ ढक्का चादर बस्ने बर्ष ५६ को बिर बहादुर चौधरी । 

२. गर्भपतन मुद्दामा ११ महिना १६ दिन कैद सजाय तोकिएकी जिल्ला कञ्चनपुर,  भिमदत्त न.पा.१० बस्ने बर्ष ६० की पार्वति देबि नाथ ।  

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।