प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अबैध लागूऔषध सहित मानिस नियन्त्रणमा

२०८२-०९-२४

  • A
  • A-
  • A+
Share

     कैलाली:-  मिति २०८२।०९।२३ गते १२:४० बजेको समयमा जिल्ला कैलाली, धनगढी उ.म.न.पा.७ मनेहराबाट सोही ठाउँ बस्ने बर्ष १९ को सुरज चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ७५० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  ।  

     कञ्चनपुर:-  मिति २०८२।०९।२३ गते १९:३० बजेको समयमा लागूऔषधको कारोबार भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला कञ्चनपुर, बेलडाँडी गा.पा.१ रतनपुर स्थित सोही ठाउँ बस्ने बर्ष २२ को गोबिन्द जोशीलाई घर नजिकै लागूऔषध सेवन गरिरहेको अवस्थामा चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ८९० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ सहित निजलाई इलाका प्रहरी कार्यालय बेलडाँडी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको  । 

      यसैगरी, मिति २०८२।०९।२२ गते २१:३० बजेको समयमा जिल्ला कञ्चनपुर, पुनर्वास न.पा.१० दोदा पोष्ट स्थित बेलौरीबाट धनगढी तर्फ जादै गरेको म १ प २७५१ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा मोटरसाइकल चालक जिल्ला कैलाली, धनगढी उ.म.न.पा.४ उत्तरबेहडी बस्ने बर्ष २१ को बिकाश नेपाली र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २० को रबिन शर्माको साथबाट ७ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारी उक्त पदार्थ, मोटरसाइकल सहित निजहरु दुवैलाई प्रहरी चौकी परासन, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको, थप अनुसन्धान भईरहेको ।                     

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-०७

कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.५,९३,७३०।– बराबरको बिडी, सुर्ति, विभिन्न किसिमका कपडा र किराना लगायतका सामानहरु शनिवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।   कञ्चनपुर:-  जिल्ला कञ्चनपुर बेलौरी न.पा. वडा नं ६ वैशाखा स्थितबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.६९,१००।– बराबरको बिडी, सुर्ति, कपडा र किराना लगायतका सामानहरु शनिवार इलाका प्रहरी कार्यालय बेलौरी,कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।