प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०८२-०९-२६

  • A
  • A-
  • A+
Share

    कञ्चनपुर:- फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय ठहर भई फरार रहेका निम्न प्रतिवादीहरुलाई मिति २०८२।०९।२५ गते जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको ।

१. जवरजस्ती करणी मुद्दामा २ बर्ष २२ दिन कैद सजाय र रु.२०,०००।– जरिवाना तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष ३२ को सुरेश चौधरी ।

२. जवरजस्ती करणी मुद्दामा २ बर्ष कैद सजाय तोकिएको जिल्ला कञ्चनपुर, कृष्णपुर न.पा.२ बाणी बस्ने बर्ष २३ को रमेश चौधरी ।

सम्बन्धित समाचार
अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२१

    कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.४,१४,८८२।– बराबरको चिनी, मिठाई,  टाई, वेल्ट, कस्मेटिक लगायतका सामानहरु शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।      कञ्चनपुर :- जिल्ला कञ्चनपुर कृष्णपुर न.पा.५ नहररोडबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३२,७००।–  बराबरको सुर्ति  शनिबार राति इलाका प्रहरी कार्यालय गुलरिया, कञ्चनपुरबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।  

अबैध भन्सार छलिका सामान नियन्त्रणमा
२०८३-०५-२०

     कैलाली:- कैलाली जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.१,२६,४००।– बराबरको कुर्ति, साडी, धोती, सुटपिस, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहतबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।        कञ्चनपुर:- कञ्चनपुर जिल्लाको विभिन्न स्थानहरुबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरी ल्याएका अन्दाजी मूल्य रु.३०,१९,४४०।– बराबरको सुर्ति, विभिन्न कम्पनिका मोवाइलका डिस्प्ले, बिस्कुट, प्लाष्टिक झिल्ली, भारतीय नम्बरको स्कारपिओ, मोटरसाइकल थान-१ लगायतका सामानहरु शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट  खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरी नियन्त्रणमा लिएको छ ।